प्रधानमन्त्री ओली आज झापा र मोरङ जाँदै

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आज पूर्वी जिल्ला झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेकाे छ ।
आज बिहान ११ बजे झापाको भद्रपुर पुग्ने ओलीले मध्याह्न साढे १२ बजे अनारमनी नगरपालिकाले विपन्नहरूका लागि निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरणको कार्यक्रम रहेको छ ।
लगत्तै बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनमा सहभागी हुने बताइएको छ ।
सो कार्यक्रम सकेर प्रधानमन्त्री ओली अपराह्न तीन बजे मोरङको उर्लाबारीमा निर्माण गर्न लागिएको एकीकृत सन्थाल बस्तीको शिलान्यासमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
पछिल्लाे समय काठमाडौँ उपत्यका बाहिरका कार्यक्रममा व्यस्त प्रधानमन्त्री ओली आजै साँझ काठमाडौँ फर्कनेछन् ।
विभिन्न विकासे पूर्वाधारको शिलान्यास, उद्घाटन तथा पार्टीका भेलामा प्रधानमन्त्री ओलीले व्यस्त छन । आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा ५ पुगेर विभिन्न पूर्वाधारको शिलान्यास तथा उद्घाटन गरेका प्रधानमन्त्री ओली सोमबार पोखरा पुगेका थिए ।