स्वास्थ्याेपचारका लागि भारत गएका डा. भट्टराई आज स्वदेश फर्किदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई उपचारपछि आज नेपाल फर्किंदै छन्। स्वास्थ्याेपचारका लागि भारत गएका भट्टराईपरीक्षण पूरा गरेर आज नेपाल फर्कन लागेकाे बताइएकाे छ ।

आज नेपाल वायु सेवा निगमको जहाजमार्फत उनी नेपाल फर्किन लागेकाे उनका प्रेस सल्लाहकार एवं जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बताएका छन ।

पेटमा समस्या भएपछि क्यान्सर भएको आशंकामा भट्टराई फागुन ९ गते उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका थिए ।

पेटको समस्या भएपछि लामो समयदेखि नेपालमै उपचार गराइरहेका उनलाई चिकित्सकले न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंकामा दिल्ली जान सल्लाह दिएका थिए ।

सोहीबमोजिम डा. भट्टराई केही दिनअघि नयाँदिल्लीस्थित एकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका थिए । त्यहाँका चिकित्सकले आवश्यक सबै परीक्षण गर्दा ट्युमरमा क्यान्सर भइनसकेको पुष्टि गरेका हुन् ।

बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकाले पनि दुईरतीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी फाल्न सुझाव दिएका छन् । तत्कालै शल्यक्रिया नभए क्यानसरको खतरा हुने चिकित्सकले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button