नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । आज नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । संसद पुर्नस्थापनापछिको विकसित राजनीतिक घटनाक्रम र रणनीति तयका लागि पेरिसडाँडामा बैठक बोलाएको हो ।
संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै बदर गरिदिएपछि उत्साही बनेको प्रचण्ड–नेपाल समूह नयाँ सरकार गठनका लागि कांग्रेस लगायतका दलसँग समीकरण निर्माणको कसरत गरिरहेको छ ।
आजको बैठकमा केन्द्रिय सदस्यहरुलाई नागरिकता र परिचयपत्रसहित सहभागी हुन निर्देशन दिएको छ । नेकपा राजनीतिक रूपमा विभाजित भए पनि कानुनी रूपले विभाजित नभइसकेकाले कुन दल आधिकारिक भन्ने अन्योल कायम छ ।
आवश्यकता परे सक्कल कागजात निर्वाचन आयोगमा बुझाउने तयारीका लागि आफ्ना केन्द्रीय सदस्यलाई त्यसरी बैठकमा आउन निर्देशन दिइएकाे बताएकाे छ ।