सभामुख र सांसदहरुले आज कोरोनाविरुद्धको खोप लगाउँदै

काठमाडौं । सांसदहरुका लागि कोरोना भाइरसविरुद्धको खोप आज लगाईंदैछ । आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सांसदहरुका लागि कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी र दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ ।

यसकासाथै प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाँजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि खोप लगाइने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button