जीपले ठक्कर दिंदा कलेज हिंडेकी अञ्जुको मृत्यु, सातदोबाटोमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । ललितपुरको एकान्तकुनामा बुधबार बिहान जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ हाल ललितपुरकै बागडोलमा बस्दै आएकी १९ वर्षीया अन्जु दाहाल छिन् । उनी कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत थिइन् ।

बिहान सवा ५ बजे कलेज जाने क्रममा बाटो पार गर्दै गरेकी दाहाललाई स १ ज ५६७ नम्बरको जिपले ठक्कर दिएको थियो । दुर्घटनालगत्तै पाटन अस्पताल लगिएकी उनको अस्पतालमै मृत्यु भएको हो ।

जिपसहित चालक प्रविन गिरीलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

सहपाठी दाहालको मृत्युभएपछि कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थी विरोधमा उत्रिएका छन् । घटनापछि कोटेश्वर क्याम्पसका विद्यार्थी ललितपुर आएर सहपाठी दाहालको न्यायको माग गर्दैै जावलाखेल चोकमा सडकै छेकेर विरोधमा उत्रिएका हुन् ।

ललितपुर प्रहरीका अनुसार बुधबार बिहान १० बजेदेखि जावलाखेलमा सवारी आवागमन अवरुद्ध भएको छ । खुलाउन विद्यार्थीसँग छलफल भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button