निर्वाचन आयोगलाई प्रचण्ड-माधव समूहले भन्यो- आधिकारिकताको विवाद चाँडो टुंग्याऊ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले आधिकारिकताको सन्दर्भमा निर्वाचन आयोगले गरेको ढिलाइप्रति आपत्ति जनाएको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रचण्ड-माधव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकले आधिकारिकताको विषयलाई छिटो टुंग्याउन आयोगको ध्यानाकर्षण गराउने निणर्य गरेको छ ।

बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आधिकारिकताको दाबी पेश गरे पनि निर्वाचन आयोगले निणर्य गर्न ढिलाइ गरिरहेको पनि बैठकले ठहर गरेको छ ।

पार्टी बैठकमा भएका निणर्यबारे जानकारी दिँदै स्थायी कमिटी सदस्य भीम रावलले आधिकारिकता विवाद निरुपणको सम्बन्धमा जानकारी लिन आवश्यक परे पार्टी अध्यक्षहरु (पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल) फेरि आयोगको कार्यालय पुग्नसक्ने पनि बताए ।

बैठकले सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गर्दा समेत केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिनु खेदजनक भएको ठहर गरेको छ । ओलीले तत्काल संवैधानिक नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग समेत गरेको छ ।

बुधबारको केन्द्रीय कमिटी बैठकले पार्टी स्थायी कमिटी सदस्य सुवासचन्द नेम्वाङसहित ओली पक्षमा लागेका नेताहरुलाई कारबाही गर्ने निणर्य समेत गरेको छ ।

नेम्वाङलाई ६ महिनाका लागि स्थायी कमिटी सदस्यबाट निलम्बन गरिनुका साथै संसदीय दलको उपनेताबाट तत्काल राजीनामा दिन निर्देशन दिएको रावलले जानकारी दिए ।

यस्तै, केन्द्रीय सदस्य विशाल भट्टराईले जनतामा भ्रम पार्न खाजेर पार्टी विधान विपरित काम गरेको ठहर गर्दै केन्द्रीय सदस्यबाट निकाल्ने निणर्य गरेको छ । भट्टराईलाई संघीय संसदको रुपमा सच्चिएर पार्टी हितअनुसार काम गर्न निर्देशन दिइएको पनि रावलले बताए ।

प्रधानमन्त्री ओलीको निर्देशनमा पार्टी हित विपरित अराजक गतिविधि गरेको भन्दै प्रभु साह, कणर् थापा, महेस बस्नेत, शान्ता चौधरी र सूर्य थापालाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निणर्य गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button