सभामुखसहित शीर्ष नेता र सांसदहरुले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ (कोरोना भाइरस) विरुद्धको खोप दिन शुरु गरिएको छ ।

बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन शुरु गरिएको हो ।

पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा, नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपालसहित शीर्ष नेता र सांसदहरुले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

खोप लगाइसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ विरुद्ध पूणर् विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको प्रतिक्रिया दिए । खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका कारण निर्धक्क भएर सबैले लगाउनु हुने उनले बताए ।

‘यसको असर प्रभाव बारे त मैले भर्खरै लगाउँदै छु । मैले सबै कुरा भन्नु त हतार होला, तर मलाई खोप लगाइसकेपछि अहिले भएको अनुभुति के छ भने यो बहुत सहज छ । यो वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको भएपछि यसमा पुरै निर्धक्क भएर सबैले लगाए हुन्छ,’ सभामुख सापकोटाले भने, ‘किनभने यो विज्ञानको कुरा हो । वैज्ञानिक प्रयोगबाट सफल भएको हुनाले सम्पूणर् नेपालीहरुले कुनै पनि हिच्किचाहट नगरीकन लाउँदा फाइदा हुन्छ ।’

सभामुख सापकोटाले सांसदहरुलाई खोप लगाउन गरिएको व्यवस्थापन राम्रो रहेको पनि बताए । खोप अभियान सफल भई विश्वव्यापी रुपमै कोभिड १९ माथि विजय प्राप्त गर्नेमा उनले विश्वास व्यक्त गरे ।

त्यस्तै, संघीय संसदका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरु, सभामुख, अध्यक्ष तथा उपाध्यक्षहरुको नीजि सचिवालयमा कार्यरत कर्मचारीहरु अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु र संसदीय मामिला पत्रकारहरुले खोप लगाउने कार्यक्रम रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button