भोली देशभरका सबै अदालतमा बिदा

काठमाडौं । भोलि (बिहिबार) देशभरका सबै अदालत बन्द हुने भएका छन्। सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधिस सुरेन्द्र प्रसाद सिंहको निधनमा भोलि एक दिन शोक बिदा दिइएको छ।

९० वर्षीय सिंहको मंगलबार राति काठमाडौंको चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको हो।

सिंह २०५२ असोजदेखि २०५३ फागुनसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधिश रहेका थिए। निर्भिक न्यायाधीशको रुपमा परिचित सिंहले आफ्नो समयमा धेरै चर्चित फैसलाहरु गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button