कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्दैछ ।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सभापति शेरबहादुर देउवाले आज दिउँसो ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।

हिजो चितवन पुगेर सभापति देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट पछि नहट्ने अभिव्यक्ति दिएका थिए । केहि दिनअघिसम्म सरकार गठनका लागि नेकपा फुट्नु पर्ने बताउँदै आएका देउवा अहिले जिम्मेवारीको प्रस्ताव आए कांग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको बताउन थालेका छन् ।

पार्टी पदाधिकारी तथा शीर्षस्थ नेताहरुबीच छलफल गरेर शुक्रबारको संसदीय दलको बैठकबाट संसदमा पार्टीको भूमिकाबारे नीति तय गर्ने बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button