३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध

राजश्व अनुसन्धान विभागले विभिन्न बहाना बनाएर सरकारी निकायका कर्मचारीहरूसँग कै मिलेमतो तथा सेटिङ मिलाएर यसरी अर्बौं राजश्व छलेको पाइएको खकर राजधानी दैनिकमा छ ।
मुलुकलाई ठूलो घटना पुर्याउन खोज्ने आर्थिक अपराधको जालो तोड्दै बितेको दुई वर्ष नौ महिनाको अवधिमा झण्डै साढे ४७ अर्ब रुपैयाँ राजश्व छल्नेलाई धमाधम कानुनी दायरामा ल्याइएको हो ।
राजश्व अनुसन्धान विभागले सो अवधिमा राजश्व चुहावट र विदेशी विनिमय अपचलन गर्नेहरुको संख्या सबैभन्दा धेरै रहेको जनाएको छ । त्यसैगरी नक्कली फर्म खडा गरी मूल्य अभिवृद्धि करको झुटो विवरण पेस गर्ने लगायतका कसुरमा करिब १ हजार फर्मका सञ्चालकविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
विभागले यस अवधिमा आर्थिक अपराधमा संलग्न विभिन्न फर्मका सञ्चालक विरुद्ध ४७ अर्ब ३३ करोड रुपैयाँ माग दाबीसहित विभिन्न अदालतमा मुद्दा दायर गरेको छ ।