मन्त्रिपरिषद्को बैठक: भोली विप्लव सार्वजनिक हुने, प्रधानमन्त्रीसँगै राष्ट्रिय सभागृहमा संवोधन गर्ने

काठमाडौं । समसामयिक बिषयमा निर्णय लिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको छ ।
आजै मात्र सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको थियो।
विप्लव नेकपामाथि लगाएको प्रतिवन्ध फुकुवा गर्ने लगायतका एजेण्डामा निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।
आजको क्याबिनेट बैठकबाट प्रतिबन्ध फुकुवा, नेता कार्यकर्ता रिहा, मुद्धा फिर्ता लिने निर्णय भए भोलि नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक हुने छन्।
शुक्रबार दिउँसो २ बजे राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।