ओलीलाई कारबाही गरिएकोबारे संसद सचिवालयलाई प्रचण्ड–माधवको पत्र

काठमाडौं । प्रचण्ड–माधव नेतृत्वको नेकपाले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई कारबाही गरिएकोबारे संघीय संसद् सचिवालय र सभामुखलाई जानकारी गराएको छ ।

बिहीबार प्रमुख सचेतक देव गुरुङसहित नेताहरू सुरेन्द्र पाण्डे, पम्फा भुसाललगाययत नेताहरू सिंहदरबारस्थित संघीय संसद् सचिवालय सिंहदरबार पुगेर दलका नेता ओली, उपनेता नेम्वाङ, सचेतक चौधरीलाई जिम्मेवारीमुक्त गरेको जानकारी गराएका हुन् ।

उक्त समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निष्काशन गरेको भन्दै संसदीय दलको नेताका नाममा उनले गर्ने काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहालले संघीय संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा १९ माघमा बसेको केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गरेकाले निष्काशित व्यक्तिले गरेको निर्णय अवैध ठहरिने उल्लेख गरेका छन् ।

पत्रमा भनिएको छ ‘उहाँ पार्टी सदस्य नै नरहनु भएको संसदीय दलको नेताका रुपमा रहन नसक्ने पार्टी संसदीय दल र सम्बन्धित सबैको ध्यान आकर्षित गराउन चाहन्छु’ ।

प्रचण्डले पत्रमा पार्टीका कुनै सदस्यलाई निश्कासनको कारबाही बोर्डको सिफारिसमा केन्द्रीय कमिटीले गर्नसक्ने संसदीय दलको विधानसमेत स्मरण गराएका छन् ।

पार्टी केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको भन्दै प्रचण्डले भनेका छन्, ‘केन्द्रीय कमिटीको बैठकले सदस्यताबाट समेत निश्कासित व्यक्तिले गरेको कुनै पनि निर्देशन र निर्णय बैध नठहरिने वस्तुतथ्य सम्बन्धित सबैलाई जानकारी गराउने फागुन १९ गते बसेको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button