प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक, प्रचण्ड-नेपाल समूहलाई पनि निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ।

सो पार्टीले शनिबार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने गरि नेकपाका सबै सांसदहरुलाई बैठकका लागि बोलाएको हो।

बैठकका लागि प्रचण्ड–माधव नेपाल पक्ष समेतका गरि १७३ जना सांसदहरुलाई बैठकमा आउन आग्रह गरिएको छ। ओली समूहको दलका प्रमुख सेचतकका अनुसार नेकपाका सबै सांसदहरुलाई बैठकमा उपस्थित हुनका लागि ‘एसएमएस’ पठाइएको छ।

सरकारले फागुन २३ गते संसद बैठक बोलाएको छ। संसद बैठकका एजेण्डाबारे छलफल गर्न बैठ बोलाइएको हो।

प्रतिनिधिसभा विघटनपछि नेकपा ओली र प्रचण्ड समूहमा विभाजित छ। तर, औपचारिक रुपमा फुटेको भने होइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button