बैठकका लागि प्रचण्ड–माधव नेपाल४४ सशस्त्र समूहमध्ये अब एउटा मात्रै समूह अस्तित्वमा

काठमाडौं । देशमा हिंसा विसर्जनको अवस्थामा छ । तीन वर्षअघि ४४ सशस्त्र समूह देखिएको थियो ।
गृह मन्त्रालयका अनुसार अब एउटा मात्रै समूह अस्तित्वमा छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सबै सशस्त्र समूह सकिन लागेको बताए । प्रवक्ता बुढाका अनुसार गोइत समूह मात्रै मूलधारमा आउन बाँकी रहेकाे खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
सरकारले ०७५ भदौ ८ गते राजनीतिक वार्ता टोली बनाएर हिंसाको बाटोमा रहेका समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन पहल थालेको थियो । त्यस क्रममा अस्तित्वमा देखिएका ४४ वटा सशस्त्र समूहमध्ये १६ वटाको गतिविधि नै पाइएन ।
बाँकी २८ मध्ये २६ समूहसँग वार्ता गरी सम्झौता भएको थियो। तत्कालीन वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेले विखण्डनकारी एजेन्डा बोकेका कारण सीके राउतसँग वार्ताको योजना नबनाइएको बताए । राउतका दाजु जयकान्त राउतले सम्पर्क सूत्रको काम गरेको नेता पाण्डेको भनाइ छ ।
पछि सरकारले सीके राउतलाई शान्तिपूर्ण राजनीतिको बाटोमा ल्याएको हो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि सरकारले शान्ति सम्झौतामा ल्याएको छ । पक्ष समेतका गरि १७३ जना सांसदहरुलाई बैठकमा आउन आग्रह गरिएको छ। ओली समूहको दलका प्रमुख सेचतकका अनुसार नेकपाका सबै सांसदहरुलाई बैठकमा उपस्थित हुनका लागि ‘एसएमएस’ पठाइएको छ।
सरकारले फागुन २३ गते संसद बैठक बोलाएको छ। संसद बैठकका एजेण्डाबारे छलफल गर्न बैठ बोलाइएको हो।
प्रतिनिधिसभा विघटनपछि नेकपा ओली र प्रचण्ड समूहमा विभाजित छ। तर, औपचारिक रुपमा फुटेको भने होइन्।