यस्तो छ सरकार र ‘विप्लव’ नेकपाबीच भएको तीन बुँदे सहमति

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाका तर्फबाट वार्ता टोली सदस्य एवं नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

यसअघि बिहीबार सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको थियो । त्यही तीन बुँदे सहमतिपत्रमा प्रधानमन्त्री ओली र विप्लवको उपस्थितिमा वार्ता टोलीका सदस्यहरूले औपचारिक रुपमा हस्ताक्षर गरेका हुन् ।

नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टीबीच निम्न लिखित सहमति भएको छ।

१. नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं।

२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ।

३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button