परीक्षणका क्रममा सुन्दरीजलमा आइपुग्ने मेलम्चीको पानी अवलोकन गर्न प्रधानमन्त्री जाँदै

काठमाडौं । परीक्षणका क्रममा सुन्दरीजलमा आइपुग्ने पानी अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाने भएका झनन ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले प्रधानमन्त्रीले अवलाेकन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

गएको फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो ।

मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्याबारेमा सजगता अपनाइएको थियो ।

अहिले परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने खत्रीले बताए । यो सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाडौंमा मेलम्चीको पानी उपलब्ध गराउने सरकारको योजना छ ।

शुरुवाती चरण भएकाले सुरुङको क्षमताभन्दा कम पानी छाडिएको छ । गएको असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो ।

गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । जसका कारण सुरुङ, मुहान स्थल र संरचनाको पुनः जाँच तथा मर्मत गरी अहिले पानी पठाइएको हो ।

मेलम्चीको पानी सुन्दरी जलमा झर्दा बागमती नदीमा पानीको सतह बढ्न सक्ने भएकाले सजग रहन आग्रह गरिएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button