ललितपुर महानगपालिकाको प्रांङ्गणमा महिला हस्तकला मेला सुरु

काठमाडौं, २२ फागुन । ललितपुर महानगपालिकाको प्रांङ्गणमा महिला हस्तकला मेला सुरु भएको छ ।

१११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला शसक्तिकरणका लागि आर्थिक सवाल नै वाधक भएको निष्कर्ष सहित ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघले संयुक्त रुपमा मेला आयोजना गरेका हुन् ।

फागुन २२ गतेदेखि २४ गतेसम्म चल्ने मेलाको शनिवार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरलाई वल्र्ड सिटी घोषणाले उत्साहित बनाएको बताउँदै अब काम गरेर देखाउने समय आएको बताए । उनले भने, ‘तालिम, गोष्टी सेमिनार धेरै भए तर उपलब्धी हासिल भएन अब कार्यान्वयनमा जानुपर्छ ।’ उनले हस्तकलाका सामग्री उत्पादनलाई पुस्तान्तरण गर्नु जरुरी भएको स्पष्ट पार्दै अन्यथा यो पेशा संकटमा पर्ने बताए ललितपुरलाई हस्तकलामा थप अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने उनको प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा महानगरपालिकाकी उप–प्रमुख गिता सत्यालले अन्तर्राष्ट्रिय महिला दिवसमा नै महिला हस्तकला मेला आयोजन गर्नुको औचित्यमाथि प्रकाश पार्दै महिला सशक्तिकरणका लागि महिला आर्थिक रुपमा बलियो हुनुपर्ने बताइन् ।

पूँजीको अभावमा महिला उद्यमीलाई व्यवसायबाट हात धुनुपर्ने स्थितिबाट बचाउन बंैक तथा वित्तिय संस्थाहरुसंग सहकार्य गरि विनाधितो र सहुलियत दरमा ऋण उपलब्ध गराउन सहजीकरणको भुमिका खेल्ने उनले बताइन् । उनले १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा देशभर महिला हिंसा भई राखेको प्रति इकिंत गर्दै महिला हिंसा न्युनिकरणका लागि विद्यालय स्तरमा लैंगिक हिंसा सम्बन्धि कार्यक्रम ल्याउनुपर्ने बताइन् ।

हस्तकलाका बस्तुको निर्यात तथा प्रवद्र्धन गर्न सघाउ पु-याउन मेला आयोजना गरिएको मेला संयोजक तथा नेपाल हस्तकला महासंघका कार्यसमिति सदस्य सविता सिंहले जानकारी दिइन । यस्ता कार्यक्रमले महिला उद्यमीलाई प्रोत्साहित गर्ने र आर्थिक रुपमा महिलालाई सक्षम बनाउने बताइन् ।

नेपाल ब्यापार प्रवर्दन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्तकलाका बस्तुहरुको प्रबद्र्धनका लागि अन्तर्राष्ट्रिय कुटनीतिक नियोगहरु प्रदर्शनमा राख्न छलफल तथा कुटनीतिक पहल भइरहेको खुलासा गरे । उनले कुल ग्राहस्त उत्पादनमा हस्तकलाका सामग्रीको योगदान महत्वपूर्ण भएको दाबी गरे । कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्य ललितपुर जिल्ला अदालतका न्यायधिस शिव बहादुर रानाभाट लगायतले बोलेका थिए ।

मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, क्रिष्टलका सामान, हाड र सिंगका वस्तु, बिड्सका सामान, उनी तथा सुती, ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामाग्री ,सीसाजन्य सामग्री गरी करिब ५० स्टलको मेला आयोजक समिति ले जनाएको छ ।

मेलामा अपागंता भएका महिलाले उत्पादन गरेको सामग्रीको स्टल समेत रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button