बुवाको कुटाइबाट तीन महिने छोराको मृत्यू

बैतडीमा आफ्नै बुवाको कुटाइबाट तीन महिने छोराको मृत्यू भएको छ । मृत्यू हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-५ खनाडीका ३ महिनाका लक्ष्मण चन्द रहेका छन् ।

लक्ष्मणको उनकै ४४ वर्षीय बुवा राजबहादुर चन्दले हत्या गरेका हुन् । राजबहादुरलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको छ । सुतिरहेका छोराको टाउकोमा हानेर हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नाय उपरिक्षक नारायण प्रसाद अधिकारीले बताउनुभयो ।

बच्चाको विभत्स रुपमा हत्या गरिएको उहाँले बताउनुभयो । हत्याको कारण भने खुल्न सकेको छैन्, तर मृतकका आफन्तले भने हत्या गर्ने ब्यक्ति मानसिक सन्तुलन गुमाएको बताएका छन् ।

बिगतमा मानसिक सन्तुलन गुमाएका उनी एकबर्ष यता भने ठिकै अवस्थामा रहेको स्थानियबासिले बताएका छन् । प्रहरीले घटनास्थल पुगेर हत्या गर्ने ब्यक्तिलाई जिल्ला सदरमुकाम ल्याइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button