धनगढी फर्निचरमा आगलागी ३ करोडको क्षति

महेन्द्रनगर । धनगढीमा भएको आगलागी नियन्त्रणमा आएको छ । धनगढी उपमहानगरपालिका–४ चटकपुर स्थित फर्निचर उद्योगमा भएको आगलागी २ घण्टापछि नियन्त्रणमा आएको हो ।

उपमहानगरपालिकाका २ वटा दमकल, गोदावरी नगरपालिकाको एउटा दमकल, एउटा स्काभेटर, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निभाएका थिए ।

आगलागी भएको शोरुम धनगढी उपमहानगरपालिका-४ मा रहेको ६ लेन सडक खन्डमा रहेको छ । त्यँहाबाट नगरपालिकाको दुरी कम्तीमा २ किलोमिटर पनि पर्दैन तर पनि उपमहानगरपालिकाको लापरबाहीले उक्त शोरुम जलेर पुरै नष्ट भएको छ ।

आगो निभाउन सहयोग गरेका स्थानीय मानबहादुर बिष्टले दमकल छिटो पुगेको भए क्षती धेरै नहुने बताए । आगलागी भएको खबर जताततै फैलिए पनि दमकल परिचालन गर्न भने नगरपालिका पुरै चुकेको थियो । जसका कारण उदघाटन नै नभएको आलोक मल्टी कन्सर्न जलेर खरानी बन्यो ।

क्षतिको विवरण र आगलागीको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । फर्निचर उद्योगसँगै रहेको शोरुममा दिउँसो करिब १२ बजेतिर आगलागी भएको थियो ।

भोजराज भट्ट र पदम भण्डारीले सञ्चालनमा ल्याएको उक्त फर्निचरमा ३ करोड बढि लगानी भईसकेको संचालकद्वयले जनाएका छन् । आगलागी झण्डै २ घण्टापछि नियन्त्रणमा आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button