सीमाक्षेत्रका पाँच सय ७० जनाले पाए स्वास्थ्य उपचार

चित्र मिजार । सिन्धुपाल्चोक /  नेपाल चीनबीचको सीमाक्षेत्र तातोपानीमा त्रि बि शिक्षण अस्पतालका बिशेषज्ञ चिकित्सकबाट मुटुरोग, हाडजोर्नी, प्रसुति, छाला लगायतका अन्य रोगको निशुल्क स्वास्थ्य उपचार र औषधी बितरण स्वास्थ शिविर गरिएको छ ।

साथै इकोग्राफी, इसिजी, भिडियो एक्सरे सेवा पनि दिइएको छ । सो स्वास्थ्य शिविरमा भोटेकोशी गाँउपालिकाका पाँच सय ७० जनाले स्वास्थ्य सेवा पाएका छन् ।

९६ जनाले मुटु रोगको उपचार र औषधी पाए । ६८ जनाले स्त्री रोगको उपचार र औषधी पाएका छन् । ११३ जनाले छाला, २६० जनाले हाडजोर्नी, ३६ जनाले आँखा १२५ जनाले सामान्य रोगका उपचार पाएका छन् भने ५६ जना ७० बर्षभन्दा माथिका बृद्धबृद्धाहरुले स्वास्थ्य सेवा पाएका छन् ।

सो स्वास्थ्यमा नौ जना जटिल मुटु रोगीलाई राजधानीको शिक्षण अस्पताल लगेर अप्ररेशन लगायतको निशुल्क उपचार गर्ने जानकारी दिइएको छ । दुई जना पाठेघर खसेका महिलाको पनि सोही अस्पतालमा लगेर निशुल्क अप्ररेशन गरिने जनाइएको छ ।

भोटेकोशी गाँउपालिका आयोजक रहेको सो स्वास्थ्य शिविरको सोही गाँउपालिका वडा नम्बर ३, साथी फाउण्डेशन नेपाल सिन्धुपाल्चोक, भोटेकोशी हाइड्रोपावर कम्पनी लि, सिल्क ट्रान्सपोर्ट, रेडक्रस तातोपानी शाखा सहआयोजक रहेका थिए ।

नेपाल स्वास्थकर्मी संघ चिकित्सशास्त्र अध्ययन संस्थान इकाई महाराजगञ्ज, नेपाल बिद्यर्थी संघ त्रिबि चिकित्सशास्त्र अध्ययन् संस्थान महाराजगञ्ज क्याम्पस इकाई सेभ द हर्टले प्राबिधिक सहयोग गरेका थिए । आयोजक भोटेकोशी गाँउपालिकाका अध्यक्ष राज कुमार पौडेलले गाँउपालिकाबासीको स्वास्थ्यप्रति गाँउपालिका संबेदनशील भएको जानकारी दिनु भयो ।

गाँउपालिकाले प्रसुतिमा समस्या भएका महिलालाई हेलिकप्टरबाट राजधानीका अस्पतालमा पुराउदैं आएको, प्रेसर, सुगर, थाइरडका बिरामीलाई निशुल्क औषधी बितरण गदै आएको उहाँले बताउनु भएको छ ।

सो स्वास्थ्य शिविर भोटेकोशी गाँउपालिका वडा नम्बर ३ का अध्यक्ष कैलाश पौडेलको बिशेष पहलमा भएको थियो । भोटेकोशी गाँउपालिका भौगोलिक बिकटता, दुर्गम गाँउका अति गरीबी र बिपन्न जनता भएका कारण पनि मंहगो अस्पतालमा गएर उपचार सेवा लिन नसक्ने भएका कारण उनीहरुलाई घरदैलोमा नै उपचार दिन स्वास्थ्य शिविर गरिएको उहाँले बताउनु भएको छ ।

सहआयोजक साथी फाउण्डेशन नेपालका अध्यक्ष एवम नेपाल बिद्यार्थी संघका केन्द्रीय महामंत्री बलदेव तिमल्सिनाले सामान्य उपचारका लागि पनि भोटेकोशी गाँउपालिकाबासी घण्टौं लगाएर राजधानी र अन्यत्र जानु पर्ने समस्यालाई निराकरण गर्न पनि सो स्वास्थ्य शिविर गरिएको जानकारी दिनु भयो ।

बषौंदेखि पाठेघर रोगले समस्यामा परेकी भोटेकोशी गाँउपालिका ४ सेलाङकट्टीकी ५० बर्षीया सोना शेर्पाले घरदैलोमा निशुल्क उपचार र औषधी पाएपछि अति हर्षित भएकी छिन् । उहाँ जस्ता उपचार पाएका सबै बिरामीले समय समयमा शिविर ल्याउन आग्रह पनि गरेका छन् ।

सो शिविरमा त्रिबि शिक्षण अस्पतालका मुटुरोग बिशेषज्ञ सह प्रा.डा. अनिल भट्टराई, स्त्रीरोग बिशेषज्ञ लक्ष्मी गौतम, मुख्तर आलम अन्सारी नेतृत्वका स्वास्थ्य टोलीले उपचार सेवा दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button