प्रचण्ड र माधवले भेटे सभामुख

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका २ जना अध्यक्षले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आइतबार बिहान सभामुख सापकोटासँग भेटवार्ता गरेका हुन् ।

सभामुख र २ नेताबीच स‌ंघीय संसद सचिवालय सिंहदरबारमै भेटवार्ता भएको जनाइएको छ ।

आइतबार बिहान नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको कार्यकक्षमा अध्यक्षद्वय प्रचण्ड र नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देव गुरुङ र सुरेन्द्र पाण्डे लगायतबीच छलफल भएको थियो ।

आन्तरिक छलफल पछि अध्यक्षद्वय प्रचण्ड र नेपाल सभामुखलाई भेट्न कार्यकक्षमा गएका थिए । सभामुख र प्रचण्ड–नेपालबीच करिब २० मिनेट कुराकानी भएको संघीय संसद सचिवालयका १ अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् ।

सर्वोच्च अदालतले संसद विघटन असंवैधानिक ठहर गर्दै प्रतिनिधि सभा पुन:स्थापनाको फैसला सुनाएको थियो ।

प्रतिनिधि सभा पुन:स्थापनाको फैसलासँगै सर्वोच्चले १३ दिनभित्र प्रतिनिधि सभाको बैठक आह्वान गर्न परमादेशको आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशानुसार आज (आइतबार) प्रतिनिधि सभा बैठक बस्दै छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button