पुन:स्थापनापछि प्रतिनिधि सभाको पहिलो बैठक शुरु
काठमाडौं । सर्वोच्च अदालतद्वारा पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक शुरु भएको छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विघटन गरिएको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापना हुने फैसला सुनाएको थियो ।
सर्वोच्च अदालतले विघटन असंवैधानिक भएको ठहर गर्दै १३ दिन भित्र प्रतिनिधि सभाको बैठक बोलाउन परमादेशको आदेश जारी गरेको थियो ।
सर्वोच्चको आदेशानुसार नै सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आज (आइतबार) दिनको ४ बजे बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन बोलाएकी थिइन् ।