आज १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवस

काठमाडाैं । आज ८ मार्च, १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवस । महिलालाई पनि समान ज्याला र भोटको अधिकार हुनुपर्छ भन्दै अन्तर्राष्ट्रिय स्तरबाट सुरु भएको आन्दोलनको सम्झनामा हरेक वर्ष फागनु २४ गते तथा ८ मार्चको दिन यो दिवस संसारभर मनाइन्छ ।

यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै छ । महिला अधिकारको लागि आन्दोलनको प्रेरणाको स्रोत मानिने याे दिवस नेपालमा पनि छुट्टा छुट्टै संघ,संस्था,महिला संगठनहरुले विभिन्न कार्यक्रम गरि मनाउने गर्दछन् ।

नेपालको सन्दर्भमा अन्तराष्ट्रिय महिला दिवस पछिल्लो समय औपचारिक कार्यक्रम र शुभकामना आदानप्रदानमा मात्रै सिमित हुने गरेको छ ।

समयानुकल महिला सशक्तिकरण, महिला अधिकार लगायतका विषयमा दबाव, पहल तथा ठोस कार्यक्रमहरु तय गर्दै जानेतर्फ महिलासम्बन्धी राजनीतिक तथा सामाजिक संघ संगठनको ध्यान जान सकेको छैन । श्रमिक महिलाहरूकाे आन्दाेलनकाे जगबाट सुरू भएकाे याे दिवसदेखि श्रमिक महिलाहरू नै बेखबर हुने गरेका छन् ।

यस सन्दर्भमा आयाेजना गरिने कार्यक्रमहरूमा मजदुर महिलाकाे उपस्थिति शुन्य हुनुले पनि याे दिवस केवल दिवसमै सिमित छ भन्न गाह्राे छैन ।

दिवसको दिन केवल भेला र औपचारिक कार्यक्रम गरि मनाउने चलनले ८ मार्चको मर्मलाई ओझेलमा पारिरहको छ । यसै क्रममा देशका विशिष्ट व्यक्तिहरुले आ आफ्नो सन्देशसहित ८ मार्चको शुभकामना दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले ८ मार्चको पुर्वसन्ध्यामै वक्तव्य जारी गर्दै शुभकामना दिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि यस अवसरमा आइतबारै शुभकामना व्यक्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button