दिवा स्याहार केन्द्रलाई तिमी सँग आन्विका अभियानको सहयोग

चितवन /  दिवा स्याहार केन्द्रले १११औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।

मस्तिष्क पक्षाघातको लागि अभिभावक स्वावलम्बन समुहद्वारा संचालित स्याहार केन्द्रले सोमबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी तिमी सँग आन्विका अभियानका संयोजक नरेश कुमार प्रधानको सहयोगमा स्याहार केन्द्रकी एक उत्कृष्ट आमालाई सम्मानका साथ विविध सहयाेग सामाग्री हस्तान्तरण गरिएको हो ।

दिवा स्याहार केन्द्रका संस्थापक सचिव शान्ति दराईकाे अध्यक्षतामा र मानव अधिकारका लागि महिला एकल महिला समुहका जिल्ला अध्यक्ष रुकु अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न समाजिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अधिकारीले स्याहार केन्द्रले गर्दै आएका कामहरुको प्रशंसा गर्दै छोटो समयमा नै स्याहार केन्द्रले अभिभावक तथा स्थानिय वुद्धिजीवीहरुको मन जित्न सफल भएकोमा केन्द्रलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सामाजिक कार्यहरुमा स्याहार केन्द्रले भोग्दै आउनु परेको समस्यालाई सरकारी तवरबाट नै सहयोग हुनुपर्नेमा अधिकारीले जोड दिइन । कार्यक्रममा अतिथिहरु नवलक्ष्मी श्रेष्ठ र टुकमान गुरुङले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

स्याहार केन्द्रका संस्थापक सचिव दराईले सहयाेगि अभियान तिमिसँग आन्विकालाई धन्यवाद दिदै यो संस्था विशुद्ध सामाजिक संस्था रहेको हुँदा सम्पुर्ण सरोकारवाला, वुद्धिजीवी, समाजसेवी तथा स्थानीय निकायबाट नै यसको उचित व्यवस्थापनको लागि पहल गरिदिन अपिल गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button