नेकपा एमालेको सचिवालय वैठक धुम्बाराहीमा बस्दै

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै नेकपा एमाले व्यूँतिएपछि आज सचिवालय बैठक बाेलाइएकाे छ । महासचिव ईश्वर पोखरेलले अपराह्न ४ बजेका लागि पार्टीको सचिवालय बैठक आह्वान गरेका हुन् ।

सचिवालयका सदस्यहरु सबैलाई एसएमएस र टेलिफोनमार्फत खबर गरिएको बताइएकाे छ । तत्कालीन एमालेको विधानअनुसार महासचिव प्रमुख रहने सचिवालयमा दुई उपमहासचिव र पाँच सचिव सदस्य छन् ।

सर्वोच्च अदालतको आइतवारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बदर गरिदिएपछि दुई पार्टी ब्युँतिएका हुन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरे लगत्तै धुम्बाराहीमा नेकपा एमालेको नाम र साइनबोर्ड राखिने भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button