प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार)का लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले साँझ ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

‘साँझ ४ बजे बालुवाटारमा बस्ने गरी क्याबिनेट (मन्त्रिपरिषद बैठक) बोलाइएको छ,’ एक मन्त्रीले भने । साँझ बस्ने मन्त्रिपरिषद बैठकका एजेन्डाबारे भने जानकारी प्राप्त नभएको ती मन्त्रीको भनाइ छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवादमा सुनाएको फैसला पछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

सर्वोच्चले नेकपा नाम विवादमा फैसला सुनाएसँगै सत्तारुढ पार्टी विभाजित भएको छ । सर्वोच्चको फैसलासँगै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएका छन् ।

एकीकरण पछि पनि विभाजित भएको नेकपाको प्रचण्ड-माधव समूहमा रहेका एमाले नेताहरुले पुर्ववत् अवस्थामा नै एमालेमा फर्किने निणर्य गरिसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button