नयाँ सरकार बनाउन एमालेसँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौै । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नयाँ सरकार बनाउने सन्दर्भमा एमालेसँग पनि वार्ता गर्ने भएको छ ।
पेरिसडाँडामा मंगलबार(आज) बसेको स्थायी कमिटी बैठकले नयाँ सरकार बनाउन एमालेसहितका राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘संसद्, सरकार र संविधान कार्यान्वयनको प्रक्रिया अघि बढाउने सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादीसहितका पार्टीहरूसँग छलफल, परामर्श, वार्ता गर्ने निर्णय भएको छ’, बैठकपछि उनले भने, ‘त्यसो त हामी नेकपा एमालेसँग पनि आवश्यकताअनुसार वार्ताको प्रक्रिया अगाडि बढाउने छौँ ।’
केपी ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने बारेमा छलफल नभएको उनको भनाइ छ ।