धुम्बाराहीमा नेकपाको बोर्ड हटाएर एमाले पार्टीको बोर्ड राखियो
काठमाडौं–पार्टी कार्यालय धुम्बाराहीमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को बोर्ड हटाएर नेपाल कम्युनिस्ट पार्टी एमाले राखिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता कार्यकर्ताले नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखेको कार्यालय सचिव इश्वरी रिजालले बताए।
‘अदालतबाटै एमाले माओवादी ब्युँताएर जाने भनिएपछि धुम्बाराहीमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखेका हाैं, रिजालले भने,‘ पार्टी कार्यालय उद्घाटन भनेर नेता कार्यकर्ता बोलाएर तामझाम गर्नेभन्दापनि सामान्य बोर्ड परिवर्तन मात्रै गर्छौ ।’