राप्रपा महाधिवेशनका लागि आयोजक समिति गठन

काठमाडौं । राप्रपाले २०७८ बैशाख तेस्रो साता काठमाडौमा हुने केन्द्रीय महाधिवेशनका लागि मूल आयोजक समिति गठन गरेको छ ।
पार्टीका त्रयअध्यक्षहरु कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको हो ।
समितिमा सचिवालयका दुई प्रमुखहरु सदस्य सचिव, दुई कोषाध्यक्षहरु कोषाध्यक्ष र कार्यसम्पादन समितिका सबै सदस्यहरु सदस्य रहने गरी मूल आयोजक समिति गठन गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।