भागरथी हत्या प्रकरणका आरोपित दिनेशलाई पुर्पक्षका लागि सुधारगृह लगियो

बैतडीको दोगडाकेदार ७ चडेपानिकी भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृह दिपायल पठाइएको छ ।

घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका दिनेश भट्टलाई सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको हो ।

जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश दिएको हो ।

दोगडाकेदार गाउँपालिका–७ कतोलाकी भट्टको हत्याका अभियुक्त उनलाई आदेशपछि पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइए जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायण प्रसाद अधिकारीले बताउनुभयो ।

गत माघ २१गते विद्यालयबाट घर फर्कने क्रममा १७बर्षिय भागरथीको बलात्कारपछि हत्या भएको थियो ।

२१माघमा बेपत्ता भएकी भट्टको भोलीपल्ट घर नजिकैको लबलेक जंगलमा शव फेला परेको थियो ।

सोही अभियोगमा फागुन ४ गते पक्राउ परेका दिनेशले आरोप स्विकारेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button