तेस्रो बलेफी गाँउपालिकास्तरीय फूटबल

चित्र मिजार, सिन्धुपाल्चोक । समृद्धिको लागि फूटबल भन्ने नाराका साथ फागुन २९ गतेबाट तेस्रो बलेफी गाँउपालिका जिल्ला स्तरीय लिग फूटबल प्रतियोगिता हुने भएको छ ।

सुनकोशी गाँउपालिका ७ पाङग्रेटार स्थित लामोसाँघुको बसन्तपुर खेल मैदानमा सो प्रतियोगिता हुन लागेको आयोजकले जानकारी दिएको छ । सो प्रतियोगिताको आयोजक सिन्धुपाल्चोक जिल्ला फूटबल संघ रहेको छ । प्रमुख प्रायोजक बलेफी गाँउपालिका रहेको छ ।

प्रतियोगितामा जिल्लाका १२ वटा स्थानीय तहका टिमको सहभागिता रहने सिन्धुपाल्चोक जिल्ला फूटबल संघका अध्यक्ष मन कुमार श्रेष्ठले जानकारी दिनु भएको छ । उहाँका अनुसार प्रथम र द्धितीय हुने टिमलाई क्रमशः १ लाख र ४० हजार पुरस्कार, प्रमाणपत्र, टर्फी प्रदान गरिने छ ।

सो प्रतियोगिताको मिडिया पार्टनर रातोपाटीन्यूज अनलाइन, गोरखापत्र दैनिक, सिन्धुबुलन्द साप्तहिक लगायतका अन्य राष्ट्रिय र जिल्ला स्तरीय पत्रपत्रिका, अनलाइन, एफएम रहेका छन् । सो प्रतियोगितामा उपस्थितिका लागि आयोजकले सबैमा आग्रह गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button