सहज रुपमा संसद चलाउन दलका नेताहरुसँग परामर्श गर्दै सभामुख

काठमाडौं । पुनःस्थापित प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठक नै विरोध र नाराबाजीले स्थगित भएपछि सभामुख अग्निप्रसाद सापकोटा दोस्रो बैठक सहज रुपमा सञ्चालनका लागि परामर्शमा जुटेका छन् ।

सभामुख सापकोटाको निजी सचिवालयका एक सदस्यका अनुसार बुधबार दिउँसो १ बजे बस्ने बैठक सहज रुपमा सञ्चालनका लागि सभामुखले दलका नेताहरुसँग परामर्श थालेका हुन् ।

दलका नेताहरुसँगको परामर्श पछि कार्यसूचीलाई अन्तिम रुप दिइने जनाइएको छ । शुन्य समयको निर्धारण गरी शीर्ष नेताहरुलाई बोल्न समय छुट्याएर सहजै ढंगले बैठक सञ्चालनका लागि तयारी भइरहेको समामुख सापकोटाको सचिवालयका एक सदस्यले जानकारी जानकारी दिए ।

आइतबार बसेको पुनःस्थापित प्रतिनिधि सभा बैठकको कार्यसूचीप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसद बैठक अवरुद्ध पारेका थिए ।

सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस गर्न खोजिए पछि संसदमा विरोधमा नाराबाजी भएको थियो ।

विरोधका बीच कानून न्याय तथा संसदीय मामिला मन्त्री लिला श्रेष्ठले संवैधानिक परिषसदसम्बन्धी अध्यादेश आइतबारको बैठकमा पेस गर्न खोज्दा कांग्रेस सांसदहरुले रोस्टम घेराउ गरेका थिए ।

उक्त अध्यादेश फिर्ताको माग गर्दै कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले संसद सचिवालयमा सूचना दर्ता गराएका छन् ।

कांग्रेस सांसद पुष्पा भुसाल, माओवादी केन्द्रका सांसद यशोदा सुवेदी, टेकबहादुर बस्नेत, दूर्गाकुमार विक, सन्तकुमार थारु तथा जनता समाजवादी पार्टीका लक्ष्मणलाल कणर् र मोहम्मद इस्तियार राईले अध्यादेश खारेज हुनुपर्ने मागसहितको सूचना संसद सचिवालयमा दर्ता गराएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button