संसद सचिवालयमा एमाले र माओवादी अलग भएको पत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र अलग अलग दल रहेको पत्र निर्वाचन आयोगबाट संघीय संसद सचिवालयमा पुगेको छ ।

निर्वाचन आयोगले पठाएको पत्र बुधबार बिहान आइपुगेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

एमाले र माओवादी केन्द्र दुई अलग अलग पार्टी भएपनि प्रतिनिधि सभाको आज (बुधबार)को बैठकमा दुवै पार्टीका सांसदहरु सत्तापक्षकै लहरमा बस्ने छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद एकै लहरमा बस्ने भएका हुन् ।

नेकपा नामको विवादमा सर्वोच्च अदालतले आइतबार फैसला सुनाउँदै एमाले र माओवादी साबिक अनुसार नै अलग अलग दल रहने ठहर गरेको थियो ।

सर्वोच्चको फैसलाअनुसार निर्वाचन आयोगले एमाले र माओवादी अलग अलग दल रहेको निणर्य गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button