राजेन्द्र महतोको प्रश्न- केपी ओलीले हामीलाई ठग्नेबाहेक के काम गरे ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफूहरुलाई ठग्ने काम मात्रै भएको बताएका छन् ।

रेशम चौधरी लगायतका मुद्धा फिर्ता, मधेश/थारुहट आन्दोलनका मुद्धाहरु फिर्ता, संविधान संशोधन लगायतका सवालहरु केपी ओली समक्ष पटक पटक राखिएको भएपनि ओलीले ठग्ने बाहेक केही काम नगरेको महतोले टिप्पणी गरे ।

बुधबार प्रतिनिधि सभा बैठक सकिएपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता महतोले नयाँ सत्ता समीकरण निर्माण हुँदा आफ्ना माग पूरा गर्नेलाई समर्थन गर्ने पनि बताए ।

‘केपी ओलीको सरकारलाई पहिल्यै समर्थन गरेर हेरिसक्या होइन ? फेरी गर्ने ? त्यसैको लागि जन्मिया हामी ? यी शासक, सम्भ्रान्तहरुलाई सित्तैमा समर्थन गर्न जन्म्या हो हामी ?’ महतोले भने, ‘मागहरु पुरा गरे हुन्छ नत्र हुँदैन । हामीले भन्दै आएका मागहरु जसले पुरा गर्छ त्यसप्रति सहानुभुति हुन्छ हाम्रो ।’

रेशम चौधरी लगायतका मुद्धा फिर्ता, मधेश/थारुहट आन्दोलनका मुद्धाहरु फिर्ता, संविधान संशोधन लगायतका सवालहरु पुरानै भएपनि त्यसप्रति ओली सकारात्मक नभएको महतोले बताए ।

‘यो त पटक पटक राखेकै हो नि केपी ओलीलाई नि राखेको, समर्थन पनि गरेको हो नि त । ठग्ने बाहेक केहि काम गरेको छ केपी ओलीले ? अनि केपी ओलीको नाम लिनुहुन्छ ? काम गरेर देखाउनुपर्‍यो नि,’ महतोले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button