माओवादी केन्द्रले सत्ता सहकार्यबारे कांग्रेस र जसपासँग संयुक्तरुपमा छलफल गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता सहकार्यबारे कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग संयुक्त रूपमा छलफल गर्ने भएको छ ।

माओवादीले पार्टी कार्यालय पेरिसडाँडामा बोलाएर कांग्रेस र जसपासँग छलफल गर्न लागेको हो ।

कांग्रेस र जसपा शिर्ष नेताहरुको उपस्थितिमा छलफल हुन लागेको नेता देवेन्द्र पौडेलले जानकारी दिए । ‘यसअघि पनि विभिन्न कोणबाट छलफल त भइरहेको नै छ, आज पनि सत्ता सहकार्यको विषयमा छलफल हुन लागेको हो,’ उनले भने।

मंगलबार र बुधबार बसेको माओवादीको स्थायी कमिटी बैठकले दुई दलसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button