प्रचण्डले गरे फेरि भूमिगत हुने संकेत, सबै पूर्व माओवादीसँग गुहारे

अदालतको फैसलापछि ब्युतिएको माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो धरातल छाडेर विभिन्न पाटीहरुसँग सहकार्य गर्दा आफूहरु कमजोर भएको बताएका हुन।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने, ‘योसँग मिले होला कि, त्योसँग मिले होला कि, यो गरे होला कि, त्यो गरे होला कि भनेर धेरै गरियो’, प्रचण्डले भने, ‘तर आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल कमजोर हुँदा हामी अलि कमजोर देखिएको हो।’
दाहालले आफूबाट टाढा भएका सहयात्रीहरुसँग एकता गर्ने संकेत गरेका हुन।
नयाँ मान्छे खोज्दा पार्टीमा महत्त्वपूर्ण भूमिका खेलेका साथीहरू छुटेको दाहालले उल्लेख गरेका हुन। त्यसलाई उनले त्यसलाई सच्याइने प्रतिबद्धता जनाए।
उनले अब २/४ वर्ष काठमाडौं भन्दा बाहिर पार्टी अभियानमा बढी समय बिताउने योजना रहेको पनि बताए। ‘फेरि २/४ वर्ष जनताका बीचमा गएर अभियान सञ्चालन गर्ने मनस्थितिमा छु, किनभने प्रतिक्रियावादीहरुले देशभित्रका र बाहिरकाले निकै ठूलो षड्यन्त्र गरे हाम्रो राष्ट्र, हाम्रो आन्दोलन र उपलब्धीमाथि धावा बोल्ने कोसिश गरेका छन्’ उनले भने।
जनताका पक्षमा फेरि पनि लड्न तयाररहेको बताउँदै अध्यक्ष दाहालले अगाडी भने,’म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु। म छोड्नेवाला छैन,म लड्नेवाला छु।’