बालुवाटारमा ओली निकट केन्द्रीय सदस्यहरुको भेला

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूलाई बालुवाटारमा बोलाएका छन् ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा ओलीले आफू पक्षधर केन्द्रीय नेताहरुसँगको छलफललाई अगाडि बढाएका हुन् । एमालेले चैत १ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

नेकपा एमालेको नवौं महाधिवेशन र त्यसपछि मनोनीत केन्द्रीय सदस्यहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले अनौपचारिक छलफल गर्न बोलाएको स्रोतले जनाएको छ । त्यसका लागि केनद्रीय सदस्यहरु बालुवाटार पुग्ने क्रम जारी रहेको छ ।

यसबीचमा माधव नेपाल पक्षले केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्यहरूसँग छलफल गरेको थियो ।

ओलीले यसअघि माओवादी केन्द्रबाट सरकारको प्रतिनिधित्व गर्ने नेताहरुसँग छलफल गरेका थिए । सर्वोच्चको फैसलासँगै साविकको एमाले ब्युतिएपछि पहिलो पटक चैत १ गते बैठक बस्न लागेको हो ।

वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बिहीबारको भेलाले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तत्काल बैठक बोलाउनु पर्ने निष्कर्ष निकालेको थियो । एमाले केन्द्रीय कमिटीमा हाल २०३ सदस्य कायम छन् ।

एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच संवादहीनताको अवस्था छ । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button