माओवादी केन्द्रले बोलायो केन्द्रीय कार्यसमितिको विस्तारित बैठक

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि ब्यूतिएको नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

माओवादी केन्द्रले केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आह्वान गरेको हो। सो पार्टीले चैत १ गतेका लागि बैठक आह्वान गरेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार बैठक बिहान ११ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सांगठनिक लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेकपा एमालेसँग पार्टी एकता गरेको माओवादी केन्द्रले सर्वोच्च अदालतले पार्टी एकता अस्वीकार गरेपछि पहिलो पटक केन्द्रीय बैठक बोलाएको हो । नेकपा एमालेले पनि १ गतेका लागि नै बैठक बोलाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button