सरकारले पठाएका सुरक्षाकर्मी विप्लवले फिर्ता गरे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले सुरक्षाका लागि उपलब्ध गराएका सुरक्षाकर्मी फिर्ता गरेका छन्।

प्रतिबन्ध हटाएपछि खुला राजनीतिमा आएका विप्लवको सुरक्षाको लागि गृहमन्त्रालयले इन्स्पेक्टरको कमाण्डमा भ्यान सहित १० जना सुरक्षाकर्मी खटाएको थियो।

पूर्वप्रधानमन्त्री सरह व्यवस्था गरिएको सुरक्षा विप्लवले फिर्ता गरेका हुन। आफू नेता कार्यकर्ता कै बीचमा रहेको तथा कुनै सुरक्षा खतरा नरहेको भन्दै विप्लवले सुरक्षाकर्मी फिर्ता गरेका हुन।

विप्लवले सुरक्षाकर्मी फिर्ता पठाएको पुष्टि गर्दै नेकपाका केन्द्रीय सदस्य उदय चलाउनेले भने, ‘गृह मन्त्रालयले सुरक्षाकर्मी चाहिन्छ भने राख्नु नै भन्ने कुरा गरेको थियो। तर, महासचिवज्यूले जनताको बीचमा छु, मलाई त्यस्तो छुट्टै सुरक्षा चाहिदैन्,तपाईंहरूलाई धन्यवाद भन्दै फिर्ता पठाउनु भयो।’

हाल विप्लव गृहजिल्ला कपिलवस्तुमा छन्। पार्टी निकट जनवर्गीय संगठनको कार्यक्रमा उनी व्यस्त छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button