नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अध्यक्ष ओली पक्षको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन । त्यस्तै ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । माओवादीबाट आएका रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।
बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।
ओलीले रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् । आइतबारका लागि बैठक बोलाइएको भएपनि प्रधानमन्त्री ओलीले शुक्रबार आफू पक्षधर केन्द्रीय कमिटी बैठक राखेर यस्तो निर्णय गरेका हुन् ।