ताप्लेजुङका अग्नि पीडितलाई सुनकोशीबाट ७ लाख २५ हजार नगद सहयोग

चित्र मिजार, सिन्धुपाल्चोक । फागुन १८ गते भीषण आगलागीबाट पीडित भएका ताप्लेजुङ जिल्लाका अग्नि पीडितलाई सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिकाले सात लाख २५ हजार नगद सहयोग गरेको छ ।

आज आगलागी भएको ताप्लेजुङ जिल्लाको मेरिङदेन गाँउपालिका दोभानबजारमा पुगेर सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिकाका जनप्रतिनिधिले ५७ अग्निपीडित घरपरिवारलाई १२ हजार पाँच सयका दरले आज नगद सहयोग गरेको सुनकोशी गाँउपालिकाका अध्यक्ष श्रवण कुमार जिसी ‘बिनोद’ ले जानकारी दिनु भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको बाहुलीबाट उक्त रकम सहयोग गरिएको थियो । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निर्देशनले कांग्रेसका तर्फबाट केही दिनमा फेरि ताप्लेजुङका अग्निपीडितलाई नगद ६ लाख सहयोग गर्ने बचनबद्धता पनि पूर्व संचारमन्त्रीसमेत भएका बस्नेतले गर्नु भएको छ ।

बस्नेतले अग्नि पीडित एक जना बिद्यार्थीलाई राजधानीमा लगेर निजी कलेजमा कक्षा १२ सम्म आफैले पढाईदिने बताउनु भएको छ । सुनकोशी गाँउपालिका ६ का अध्यक्ष राम कुमार थापाले ताप्लेजुङका जनताहरु आगलागीबाट सर्वस्व गुमाएको पीडाले सिन्धुपाल्चोकलाई दुखेकोले सहयोग गर्न आएको पीडा ब्यक्त गर्नुभयो ।

सिन्धुपाल्चोकमा जुरे पहिरो, भूकम्प, बाढीपहिरोले जनधन गुमाउदा मुलुकभरका जिल्लाहरुले गरेको सहयोगको स्मरण गदै वडा अध्यक्ष थापाले ताप्लेजुङमा भएका आगलागीले सर्वस्व गुमाएका पीडितलाई सहयोग गरिएको बताउनु भयो ।  बिपदमा परेका जिल्लालाई सुनकोशी गाँउपालिकाले सक्ने सहयोग गर्ने पनि बताउनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button