महामारीका बेला खर्च भएको रकम पारदर्शी हुन्छ

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले महामारीका बेला गरिएको खर्च पारदर्शी हुने बताएका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्‍नको जवाफ दिँदै उनले कोरोनाको शीर्षकमा भएका खर्च पारदर्शी गर्ने र जनताका बीचमा सार्वजनिक गर्ने पनि बताएका छन् ।

उनले एमसीसी सदनमा विचाराधीन रहेको बताउँदै संसद्ले जे निर्णय गर्छ त्यही हुने बताए । मन्त्री खतिवडाले छिटो छलफलको माग पनि गरे । कसैको सुरक्षा छाताभित्र भए–नभएको त्यहीबेला छलफल हुने पनि बताए ।

विशेषतः एमसीसीले छुट्याएको रकम बजेटको सम्भावित स्रोतका रूपमा अनुसूचीमा राखिएको भन्दै सांसदहरूले जवाफको माग गरेका थिए । एमसीसीका विषयमा सत्तारूढ नेकपाका सांसदहरुले समेत यसमा प्रश्‍न उठाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button