केन्द्रीय समितिको बैठकमा उपस्थित नहुनेलाई कारवाही गर्ने ओलीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते बोलाएको एमाले केन्द्रीय समितिको बैठकमा उपस्थित नहुने केन्द्रीय सदस्यलाई कारवाही गर्ने चेतावनी दिएका छन्।

शनिबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरका अखिल नेपाल महिला संघले आयोजना गरेको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बैठकमा उपस्थित हुन नेपाल–खनाल समूहलाई आग्रह गरे।

पार्टी बैठकमा नआए विधान अनुसार कारबाही गर्ने ओलीको चेतावनी छ।

ओलीले भने– उहाँहरु पेरिसडाँडाबाट भर्खर अर्याल होटलमा आइपुग्नुभएको छ रे। एक दुई रात त्यहाँ बास बसेर आउनुहोस् भनेर चैत ७ गते बालुवाटारमा बैठक बोलाएको छु। कसैले थाहा पाइनँ नभन्नुहोला, अनुपस्थित रहँदै जानुभयो भने विधान व्यवस्थाअनुसार हुँदै जानेछ।’

माधव नेपाल पक्षले बालुवाटरमा बस्ने बैठकमा नजाने निर्णय गरिसकेको छ। एमालेको विधानमा लगातार तीनपटक बैठकमा अनुपस्थित भएमा कारवाही हुने व्यवस्था छ।

आफूलाई ३ पटक साधारण सदस्यबाट माधव नेपाल पक्षले निकालेको उल्लेख गर्दै ओलीले अगाडी भने– ‘बाटा बाटामा अध्यक्षको पगरी गुथेर हिडेका छन् । यिनीहरुले मलाई तीन तीनपटक अध्यक्षबाट मात्र होइन, साधारण सदस्यबाट समेत निकालेका हुन् । देख्नुभयो नि, यिनीहरुले सक्ने भए के के गर्ने रहेछन्।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button