उद्धघाटन खेलमा बाह्रबिसे बिजयी

रातोपाटीन्युज, सिन्धुपाल्चोक । समृद्धिको लागि फूटबल भन्ने नाराका साथ आजबाट शुरु भएको तेस्रो बलेफी गाँउपालिका जिल्लास्तरीय लिग फूटबल प्रतियोगिताको उद्धघाटन खेलमा बाह्रबिसे नगरपालिका बिजयी भएको छ ।

बलेफी गाँउपालिकालाई बाह्रबिसेले १-० ले पराजित गदै बिजयी भएको हो । सुनकोशी गाँउपालिका-७ पाङ्ग्रेटारस्थित लामोसाँघुको बसन्तपुर खेल मैदानमा प्रतियोगिता भईरहेको छ ।

उद्धघाटन खेलको दोश्रो हाफको ७३ मिनेटमा बाह्रबिसेका जर्सी नम्बर ११ का मिलन श्रेष्ठले १ गोल गरेपछि बाह्रबिसे बिजयी भएको हो । उद्धघाटन खेलमा म्यान अफ द म्याच बाह्रबिसेका मिलन श्रेष्ठ भएका छन् ।

प्रतियोगिताको आयोजक सिन्धुपाल्चोक जिल्ला फूटबल संघ रहेको छ भने बलेफी गाँउपालिकाको आर्थिक सहयोगमा सो प्रतियोगिता भईरहेको छ ।

प्रतियोगितामा जिल्लाका सात वटा स्थानीय तहका टिमको सहभागिता सिन्धुपाल्चोक जिल्ला फूटबल संघका अध्यक्ष मन कुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार प्रथम र द्धितीय हुने टिमलाई क्रमशः १ लाख र ५० हजार पुरस्कार, प्रमाणपत्र, टर्फी प्रदान गरिने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button