हिटर बालेर सुतेका साउदको निस्सासिएर मृत्यू

कोठामा हिटर बालेर सुतेका बैतडीको शिवनाथका एक ब्यक्तिको निस्सासिएर मृत्यू भएको छ । मृत्यू हुनेमा शिवनाथ गाउँपालिका वडा न. ३ पुडिलका ३५ वर्षीय राजसिंह साउँद रहेका छन् ।

आइतबार साँझ कुखुराका चल्लालाई ताप दिन हिडर बालेर सुतेका साउदको मृत्यू भएको शिवनाथ गाउँपालका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो । ग्यास लिग भएका कारण मृतक साउदकी २० वर्षीया भतिजि सरिता बेहोस अवस्थामा फेला पर्नुभएको छ ।

सरीताको स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि डडेल्धुरा रेफर गरिएको छ । बिहान बेहोस अवस्थामा भेटिएका उनीहरुलाई स्थानिय स्वास्थ्य सस्थामा लगिएको थियो ।

उपचार सम्भव नभएपछि राजसिंहको मृत्यु भएको र सरिता भने अहिले होसमा आएको बताइएको छ । मृतक साउद पोल्टीफर्म सञ्चालन गरिरहेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button