आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा बुवा पक्राउ

बझाङमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्।

पीडित बालिकाकी आमाले १३ वर्षीया छोरीलाई उनकै ४४ वर्षीय बुवाले बलात्कार गरेको जाहेरी दिएका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनलाई जिल्लाको वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेखबाट पक्राउ गरिएको हो।

उनीविरूद्ध जबरजस्ती करणी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button