केपी ओली र माधव नेपालबीच धुम्बाराहीमा भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता शुरु भएको छ ।

वार्तामा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली र उनको पक्षबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली छन् । यस्तै, नेता नेपालसहित उनको पक्षबाट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकणर् विष्ट वार्तामा सहभागी छन् ।

सर्वोच्च अदालतले फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेल नेतृत्वको पार्टीले पाउने ठहर गर्दै एमाले र माओवादी केन्द्र साबिक अनुसारै अलग अलग पार्टी रहने फैसला सुनाएको थियो ।

सर्वोच्चको उक्त फैसला पछि ब्यूँतिएको एमालेमा आन्तरिक विवाद झन चुलिएको छ । सर्वोच्चको फैसला पछि शुक्रबार अध्यक्ष ओलीले आफू र महासचिव बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेपछि झलनाथ खानल र माधव नेपाल समूहले समानान्तर समिति गठन गरेको छ ।

विभाजनकै स्तरमा पुग्नेगरी आन्तरिक विवाद चुलिए पछि दोस्रो तहका नेताहरुले नेता नेपाल र अध्यक्ष ओलीबीच वार्ता गराउने प्रयास थालेका थिए ।

अध्यक्ष ओली पक्षका नेताहरुले नेपाल पक्षलाई वार्ताका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएको थियो । तर, नेपालले बालुवाटार नआउने भनेपछि ओली धुम्बाराही पुगेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button