आज प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्तो छ कार्यसूची

संसद् भवन नयाँ वानेश्वरमा दिउसो १ बज बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १०को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
त्यस्तै संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको पनि सम्भावित कार्यक्रम सम्बन्धी सूचनामा उल्लेख छ।