विगतका तिक्तता मेटाउँन एमालेको चियापान, नेपाल–खनाल पक्ष सहभागी नहुने

काठमाडौं । पछिल्लो पटक नेकपा (एमाले) का शीर्ष नेताबीच देखिएको तिक्तता मेटाउन छलफल शुरु भएको छ ।

सोमबार एमाले मुख्यालय धूम्रबाराहीमा बसेको पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल भएसँगै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले आज पार्टीका नेताहरुलाई चिया खुवाउँदैछन ।

सरकारी निवास बालुटारमा आज प्रधानमन्त्री ओलीले केन्द्रीय नेताहरुका लागि चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।

आज बिहान ११ बजे बोलाइएको चियापानमा अध्यक्ष ओलीले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित सबै केन्द्रीय सदस्यलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा हुने चियापान कार्यक्रममा निम्तो गरिसकेका छन् ।

चियापान कार्यक्रमका लागि ओलीले सबै केन्द्रीय सदस्यलाई मोबाइलबाट निम्तोसहितको सन्देश पठाइसकेका छन् । अध्यक्ष ओलीको चियापान कार्यक्रममा आफूहरु नजाने नेकपा एमालेको नेपाल-खनाल पक्षले बताउँदै आफ्ना पक्षका नेता एवं सांसदहरुलाई पनि नजान निर्देशन दिइसकेको छ ।

सो पक्षले अध्यक्ष ओलीद्वारा चैत्र ७ गतेका लागि एकलौटी निर्णयले बोलाइएको केन्द्रिय कमिटी बैठक पनि बहिष्कार गर्दै छुट्टै भेलाको तयारी गरिसकेको छ ।

पूर्ववत् रूपमा पार्टी संरचनालाई क्रियाशील गराउने सर्तमा मात्र बैठकमा सहभागी हुने बताउँदै आएको नेपाल-खनाल पक्षले भने २८ फागुनमा गुटको बैठक राखेर गरिएको निर्णयको खारेजीको माग गर्दै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button