सबै दलहरु एक पटक मिलेर अघि बढ्नुपर्ने अवस्था आएको छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सबै दलहरु एक पटक मिलेर अघि बढ्नुपर्ने अवस्था आएको बताइन् ।

मंगलबार आयोजित सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले अहिलेको समस्याको निकास संवादबाटै निकाल्न पनि आग्रह गरिन् । ‘हाम्रो मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्यलाई निरन्तरता दिनु जरुरी छ’, उनले बैठकमा भनिन्।

बैठकमा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर निर्वाचनमा जानु स्वभाविक कदम भएको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकार र संसद् राम्रोसँग सञ्चालन नभएमा संसद् विघटन गरेर निर्वाचनमा जानु स्वाभाविक रहेको तर्क गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गर्दै दलका नेताहरुसमक्ष आफ्नो कदमको बचाउमा तर्क गरेका हुन् ।

सर्वदलीय छलफलमा भाग लिन नेकपा एमालेबाट प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र रामबहादुर थापा गएका थिए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेका राष्ट्रपति कार्यालय पुगेका थिए । प्रचण्डसँगै माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरूङ पनि राष्ट्रपति निवास पुगेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका सभापति शेर बहादुर देउबा, देउवासहित रामचन्द्र पौडेल, विमलेन्द्र निधि र शशांक कोइाराला सर्वदलीय बैठकमा सहभागी भएका थिए ।

तीन पूर्वप्रधानमन्त्री अनुपस्थित

बैठकमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल भने गएनन् ।

त्यस्तै पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई पनि बैठकमा अनुपस्थित भए ।

बैठकमा राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपातर्फबाट सांसद प्रेम सुवाल सहभागी थिए ।

राष्ट्रपति भण्डारीले समयसामयिक विषयमा छलफलका लागि सर्वदलीय बैठक आव्हान गरेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button